News

अस्थायी रुपमा रोकिएको J & J खोप प्रयोगमा उठेका प्रश्नहरु

अस्थायी रुपमा रोकिएको J & J खोप प्रयोगमा उठेका प्रश्नहरु
April 13, 2021
तयारीकर्ता: जुली ग्रउट, स्वास्थ्य विभाग

किन J & J खोप रोकिएको छ ?

  • Tuesday, April 13th का दिन अमेरीकाको औषधी तथा स्वास्थ्य विभाग र रोग नियन्त्रण तथा रोकथाम संस्थानले जारी गरेको सूचना अनुसार J & J खोप लगाएका ६ जना व्यक्तिहरुमा दुर्लभ तर अत्यन्त जोखिमपुर्ण मस्तिष्कमा रहेको नशामा रगत जम्ने (Cerebral Venous Sinus Thrmobosis, CVST) जस्तो प्रतिकिर्या देखापरेको छ ।
  • सवै बिरामिहरु ५० वर्षमुनिका महिलाहरु छन् ।
  • अहिले धेरै सजकता अपनाउनको निम्ति खोप रोकिएको छ ।

J & J खोपका लागि वासिङटन राज्यले के गरिरहेको छ ?

  • वासिङटन राज्यकोस्वास्थ्य विभागले J & J खोप (जोनसोन & जोनसोन) प्रयोगमा तुरुन्त (4/13/21) रोकेको छ । रोग नियन्त्रण तथा रोकथाम संस्थानको समाचार यो लिङ्कमा लेखिएको छ । https://www.cdc.gov/media/releases/2021/s0413-JJ-vaccine.html
  • सरकारी तहबाट प्रभावकारी तरीकाले अगाडि कसरी जाने भन्ने विषयमा अर्को सुझाव नआएसम्म खोपको प्रयोग रोकिनेछ ।
  • सवै कोभिड १९ खोपबाट सुरछित रहनु मुख्य प्राथमिकता हो ।
  • वासिङटन राज्यमा अहिलेसम्म जम्मा ४ लाखमा लगभग १६०,००० J & J खोपको मात्रा परिचालन भइसकेको छ ।
  • अहिलेसम्म हामिलाई ती ६ जना बिरामीहरु जसले मस्तिष्कको समस्या भोगे उनीहरु वासिङटन राज्यका वासिन्दाहरु हुन् भन्ने विषयमा जानकारी छैन ।

के मलाई J & J खोपका कारण शरीरको कुनै अङ्गमा रगत जम्ने हुन्छ ?

  • देशभरी जम्मा ६८ लाख J & J खोपको मात्रा परिचालन भइसकेको छ र त्यसमा केवल ६ जना मानिसलाई यो असर देखापरेको छ । दुर्भाग्यवश हुन गएको शरीरको कुनै अंगमा रगत जम्ने जस्ता समस्याले पारेको यो प्रतिकूल समयमा याद गर्नुपर्ने कुरा यो जम्मा प्रतिशतको केहि भाग मात्र हो जसले गम्भिर असर देखापर्ने दुर्लभ देखाएको छ ।
  • तुलना गर्दा जस्तो:
  • ३६६ मानिसहरुमा १ जनाको १००० माइलको दुरी तय गर्दा कार दुर्घटना हुनेछ । (स्रोत: डा. लिन्डक्विसट समाचार उपलब्धता 4/13)
  • १०,००० मानिसहरुमा १ जनामा कुनैपनि लोकप्रीय antibiotics को असर हुनेछ । (स्रोत: डा. लिन्डक्विसट समाचार उपलब्धता 4/13)
  • एकदमै कम १ लाख मानिसहरुमा १ जनामा J & J खोपबाट शरीरको कुनै अंगमा रगत जम्ने हुनेछ ।

यदि मैले J & J खोप लगाए भने के हुन्छ ?

  • मानिसहरु जसले J & J खोप लगाएका छन् यदि उनिहरुमा खोप लगाएको तीन हप्ताभित्र एकदमै टाउको, पेट, खुट्टा दुख्ने अथवा सास फेर्न गार्हो हुनेजस्ता भएमा आफ्नो डाक्टर अथवा स्वास्थ्य संस्थासंग सम्पर्क गर्नुपर्छ ।
  • डाक्टर अथवा स्वास्थ्य संस्थाबाट यस्तो घटनाबारे अभिलेख राख्नका निम्ति प्रतिकूल खोप घटनाको रेकर्ड सिस्टम लिंकमा जानुपर्ने हुन्छ । https://vaers.hhs.gov/reportevent.html

J & J खोपका लागि नाम टिपाइसकेका मानिसहरुले के गर्ने ?

  • यदि स्वास्थ्य संस्थाबाट J & J खोपका लागि नाम टिपाइसकेको अवस्थामा ती स्वास्थ्य संस्थाले अब के गर्ने भन्ने विषयमा आफ्नो निजी स्रोतबाट जानकारीसहित तपाइलाई सुझाव दिनेछन् ।
  • स्वास्थ्य विभागले J & J खोपको मात्रा पहिले नै कम गराएको थियो ।
  • ३.७ लाखमा १३ हजार मात्र J & J खोपको मात्रा हुने अनुमान गरिएको छ ।
  • वासिङटन राज्यमा प्राप्त जम्मा खोपमा ६ प्रतिशत J & J को खोप रहेको छ ।
  • J & J खोपको आपुर्तीमा सिमितता भएकोले यसको असर न्यून देखिएको छ ।
  • हामी बुझ्द्छौकि यस किसिमको खोप प्रयोगमा रद्द तथा रोक लगाउदा असुविधा उत्पन्न हुन्छ तर अहिलेको समयमा खोपबारे कुनै सूचना नआएसम्म यहि कदम चाल्नु उपयुत्त हुन्छ ।

यदि तपाइलाई यसको असर देखापर्यो भने:

  • खोप लगाएको तिन हप्ताभित्रमा यदि तपाइहरुलाई तलको कुनै समस्या देखापरेमा आफ्नो डाक्टर अथवा स्वास्थ्य संस्थासंग सम्पर्क गर्नुहोस्:
  • एकदमै टाउको दुख्ने
  • पेट दुख्ने
  • खुट्टा दुख्ने
  • सास फेर्न गार्हो हुने

के कारणले शरीरको कुनै अंगमा रगत जम्ने हुन्छ ?

  • तेस्तो कुनै अहिलेसम्म निर्धारित कारण छैन तर औषधी तथा स्वास्थ्य विभागका अनुसार खोप लगाइसकेपछि हरेक व्यत्तिको रोग प्रतिरोधात्मक शक्तिमा यो भर पर्नेगर्छ ।
  • डा. स्कट लिन्डक्विसट, एक्टिङ स्टेट हेल्थ अफिसरका अनुसार ६ जनामा देखापरेको शरीरको कुनै अंगमा रगत जम्ने समस्या J & J खोपसंग सम्वन्धित छन् तर खोपकै कारणले भएको भने होइन ।

सवै J & J खोपका तथ्याङ्क (मिसेल रोबर्टबाट 4/12/21 सम्म)

  • वासिङटन राज्यमा ३२०,००० प्राप्त भएको छ । (राज्य र अन्य सरकारी स्थानहरुमा)
  • त्यसको २२५,००० हाम्रो राज्यमा दिइएको छ ।
  • April 11, 2021 सम्म आइपुग्दा १६०,००० परिचालन भएको इन्टरनेट साइट (IIS) मा रेकर्ड गरिएको छ ।
  • वासिङटनमा ६५० सुविधा समुहले J & J खोप परिचालन गरेका छन् ।
  • केहि दिन यता परिचालन गरिएका अन्य मात्राहरुसंगै प्राप्त भएका अरु तथ्याङ्कहरुका कारण अहिलेको यो तथ्याङ्क फेरबदल हुनेछ ।

प्राप्त नभइसकेका J & J खोपका मात्राहरु अब के हुन्छ ?

  • स्वास्थ्य विभागका अनुसार प्राप्त नभएका मात्राहरु डाक्टर अथवा स्वास्थ्य संस्थालाई अहिले रोक्न भनिएको छ ।

हामि अहिले डाक्टर अथवा स्वास्थ्य संस्थालाई के भनिरहेका छौ ?

  •  अर्को मुल्यांकन नभएसम्म सवै J & J खोपमा रोक लगाइएको छ ।
Share it on